नेपाल बंगलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ - नेपाल राष्ट्र बैंकको 'वित्तीय साक्षरता नीति' लाई अवलम्बन गर्दै नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख श्री विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएकाे बैंकले जनाएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

प्रतिक्रिया