बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

मुक्तिनाथ विकास बैंक 'एचआरएम  अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१' बाट पुरस्कृत

काठमाडौँ - कर्पोरेट क्लबद्वारा आयोजित 'एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१' को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ।

काठमाडौँमा पुष २३ गते आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएकाे छ ।