पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

ललितपुर – नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए ।
उनले भने, “खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।” सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेक्षा गरिएको सचिव कार्कीले जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया