आफ्नो नाम जथाभावी नमुछ्न ब्रिट्नीको बहिनीलाई चेतावनी

लसएन्जल्स - १३ वर्ष लामो कन्जरभेटोरीको मुद्दा जितेर ब्रिट्नी स्पेयर्स अहिले स्वतन्त्र छन् । तर परिवारसँगको उनको लफडा भने अझै सकिएको छैन । ब्रिट्नीको बुबा र बहिनी एकातिर छन् भने ब्रिट्नी अर्कोतिर ।
अदालतले ब्रिट्नीलाई बुबाको संरक्षकबाट हटाएर पछि पनि बुबा र बहिनी दुवै ब्रिट्नीको साखुल्ले बन्ने क्रम रोकिएको छैन । बहिनी जेमी स्पेयर्सले यही समयमा आफ्नो संस्मरणात्मक कृति ‘थिंग्स ह्वीच आइ ह्याभ सेड’ निकालेर विवाद बेच्ने प्रयास गरिरहेकी छिन् र यसका लागि उनले ठाउँकुठाउँ ब्रिट्नीलाई जोडिरहेकी छिन् ।
उनले पुस्तकको प्रचार गर्ने क्रममा ब्रिट्नी सानो उमेरदेखि नै विचित्रको स्वभावको भएको र आफू दुई जना मात्र हुँदा अनौठो व्यवहार गर्ने बताएकी थिइन् । उनले एक पटक त चक्कु लिएर आफूलाई तर्साएको पनि घटना वर्णन गरेकी थिइन् ।
जेमीको यस्तो बयानमा ब्रिट्नीका वकिलले अदालतमा चेतावनी पत्र दर्ता गराएका हुन् । चेतावनी पत्रमा आफ्नो किताब बेच्नलाई ब्रिट्नीलाई गलत तरिकाले चित्रण नगर्न सुझाव दिइएको छ । वकिलले ब्रिट्नी सानोमा रक्स्याहा बाबुको दुव्र्यवहार खेप्दै हुर्किएको त्यसका बाबजुद उनले परिवारको भरण पोषणमा योगदान गरेको भन्दै त्यही गुन सम्झेर पनि ब्रिटनीलाई थप दोहन नगर्न आग्रह गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया