‘फास्ट एन्ड फ्युरियस’को दसौँ भागमा जोडिए जेसन मोमाउ

लसएन्जल्स - ड्वायन जोन्सनलाई फकाउने प्रयास असफल भएपछि निर्माण कम्पनी युनिभर्सल पिक्चर्सले ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखलामा उनको ठाउँमा उनकै जस्तो ज्यान भएका जेसन मोमाउलाई भित्र्याइएको छ । उनले भिन डिजेलको भिलेनको रुपमा काम गर्नेछन् ।
फिल्मले ट्वीटरमा जेसनको फोटो राख्दै टिममा स्वागत गरेको छ । जस्टिन लिनले निर्देशन गरेको यो फिल्मले अबका दुई भागपछि शृंखला नबनाउने निर्णय गरेको छ । अर्थात् १० र ११ बनेपछि यो शृंखलाको अन्त्य हुनेछ ।
फिल्ममा मिसेल रोड्रिगेज, टरेसे गिब्सन, चार्लिज थेरोन आदि कलाकार फिल्ममा निरन्तर रहनेछन् । यो फिल्म सन् २०२३ मा रिलिज हुनेछ । जेसन मोमाउ अक्वामेनका रुपमा चर्चित छन् । उनको मुख्य भूमिका रहेको यो फिल्मको दोस्रो भाग पनि प्रदर्शनका लागि तयार छ । सन् २००१ मा रिलिज भएको पहिलो भाग यता भिन डिजेल भने छुटेका छैनन् । भिन फिल्मका निर्माता पनि हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया