क्यानडामा रे रेनल्डस्को नाममा सडक

ओटावा- ‘डेडपुल’ अभिनेता रे रेनल्डस्को नाममा क्यानडाको ओटावामा सडकको नाम राखिने भएको छ । ओटावाका मेयरले ट्वीटरमा उनको नाममा सडकको नाम राखिने बताएका हुन् ।
भ्यानकोभरमा जन्मिएका रे रेनोल्डस्ले क्यानडामा सबैभन्दा धेरै समाजसेवा गर्ने सेलिब्रेटी मध्ये पर्छन् । ओटावाका मेयर जिम वाट्सनले भनेका छन्, ‘यो स्पष्ट छ ओटावाको मनमा रेलागि विशेष स्थान छ ।
उनको सम्मानमा हामीले सडकको नाम रेको नाममा राख्न लागेका छौँ । चाँडै उनको नामको मोसन लेटर यहाँ झुण्डिनेछ ।’ ५ छोराछोरीको बुबा रेले मेयरको सूचनामा प्रतिक्रिया दिँदै आफ्नो नाममा सडकको नाम राखिने कुराले सम्मानित महसुस भएको बताएका छन् । उनले थपेका छन्, ‘ मैले एउटी छोरीको नाम चैँ ओटावा राख्ने भएँ ।’
रे र श्रीमती ब्लेक लाइभलीले ओटावाको फुड ब्यांकमा निरन्तर सहयोग गर्दै आएका छन् । क्यानडाबाट सानोतिनो भूमिका गर्दै हलिउड पुगेका रेलाई ‘डेडपुल’का दुई सिरिजले स्टार बनाएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया