अनमोलको फिल्मलाई राहत, वैशाख १ मा नआउने भयो ‘लालसिंह चढ्ढा’

काठमाडौँ - आमिर खानको फिल्म ‘लालसिंह चढ्ढा’ निर्धारित मितिमा नआउने भएको छ । निर्माताले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिल्म पूर्व निर्धारित समयबाट पछि हटेको जानकारी गराएका छन् । यो फिल्म अब अगस्ट ११ मा प्रदर्शन हुनेछ ।
हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक मानिएको फिल्म वैशाख १ मा प्रदर्शनमा आउनेपाला थियो । यही मितिमा कन्नड फिल्म ‘केजीएफ’को दोस्रो भाग पनि आउने तयारीमा थियो । दुई ठूला फिल्मको भिडन्तले भारतीय बक्स अफिसमा प्रभाव पर्ने चिन्ता व्यक्त भइरहँदा आमिरको फिल्म सरेको हो ।
आमिरको फिल्म सर्दा नेपालमा भने अनमोल केसीलाई राहत हुने भएको छ । अनमोल अभिनीत ‘ए मेरो हजुर ४’ पनि यही मितिमा रिलिज हुँदै थियो । ‘केजीएफ’ र ‘लालसिंह चढ्ढा’को बीचमा पर्दा यो फिल्मले अपेक्षित सो नपाउने तनाव थियो । तर ‘लालसिंह चढ्ढा’ सरेपछि अब ‘केजीएफ’ र ‘ए मेरो हजुर ४’ आमने सामने हुनेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया