लिम्बू फिल्म तथा म्युजिक भिडियाको स्रष्टालाई अवार्ड

काठमाडौं - लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बू फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।
लिम्बू म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बू, गायिका मिलन नेवार, नायक (मोडल) विशाल सेनेहाङ, नायिका (मोडल) रुपा आङबुहाङ, गीतकार विष्णु इङनाम, संगीतकार संगम लिम्बू र छायांकनमा इशक जबेगूले अवार्ड प्राप्त गरे ।
त्यस्तै नवनायकमा सन्जिब थेबे र नव नायिकामा विमला खजुम उत्कृष्ठ ठहरिए । त्यसै गरी लिम्बू पालाम विधातर्फ गायक जिवन केदेम, गायिका मनु नेम्वाङ, नायक (मोडल) भिम थेबे, नायिका (मोडल) लक्ष्मी योङहाङ, गीतकार रिता ठूली फोम्बो, संगीतमा तेज मेन्याङबो, छायांकनमा युवराज राई र निर्देशनमा हाङ चेम्जङले अवार्ड पाउन सफल भए ।
वर्षको सबै भन्दा बढि म्युजिक भिडियो निर्देशन गर्ने उत्कृष्ट एवम् सफल (ब्रेक थ्रु) अवार्ड निर्देशक लोकेन सावाँले प्राप्त गरे भने उत्कृष्ट भिडियो आन्छि मिम आफाल्ले मेसिनेन, उत्कृष्ट संस्कृति भिडियो मुकुम्लुङ, डायसपोर ा अवार्ड हेमराज अन्छाङ्बो, एप्रिसिएसन अवार्ड नरेश लिम्बू र उत्कृष्ट मातृभाषा गायनमा डिआर हाङसरुम्बाले हात पारे ।
फाल्गुनन्द लिङदेन फिल्मस आयोजक रहेको यस कार्यक्रममा सफल निर्देशक दिपाश्री निरौलालाई एफ. एल. एफ. विशेष सम्मान गरिएको थियो भने यासेलि योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान गरिएको थियो । कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट निर्माता निर्देशक तथा गायक हस्त लिबाङलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा मिलन नेवार, रुकसना लिम्बू, विशाल सेनेहाङ, नुमा शेर्पा, मनिषा राईको प्रस्तृति रहेको थियो भने कलाकार तथा मुन्धुमविद यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया