के यो साल बिहे गर्दैछन् विजय र रश्मिका ?

मुम्बई- रक्षित सेठ्ठीसँगको इंगेजमेन्ट तोडेकी रश्मिका मन्दानाको फेरि एक पटक विवाहको चर्चा सुरु भएको छ । उनले यही वर्ष बिहे गर्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यममा खबर छ ।
तर उनले विवाह गर्न लागेका दुलाहा भने अरु कोही नभएर विजय देवकोरान्डा हुन् । ‘अर्जुन रेड्डी’ अभिनेता विजय र रश्मिका अफेयरमा रहेको केही समयदेखि चर्चा चल्ने गरेको छ । दुवैले अफेयरको खबर सकारेका छैनन् तर उनीहरूको हाउभाउले यो सत्यलाई नकार्ने गरेका पनि छैनन् ।
विजय र रश्मिका दुवैले यही साल बलिउडमा डेब्यु गर्दैछन् । यसका लागि उनीहरू दुवै जनाले मुम्बईमा फ्ल्याट पनि लिइसकेका छन् । र यसरी नै उनीहरूले यो साल विवाह पनि गर्ने तयारी गरिरहेका छन् । तर सकभर उनीहरूले यसको सुइँको दिन चाहेका छैनन् ।
विजयले मुम्बईमा नै अहिले ‘लाइगर’को सुटिङ गरिरहेका छन् भने रश्मिकाले दुई बलिउड फिल्ममा काम गरिरहेकी छिन् । रश्मिकाले सिद्धार्थ मल्होत्रासँग ‘मिसन मजनु’मा काम गरिसकेकी छिन् भने अमिताभ बच्चनसँग ‘गुडबाई’मा काम गरिरहेकी छिन् । यी दुवै फिल्मको काम सकिएसँगै दुवैले विवाह गर्ने सोच बनाएको दुवै निकट स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भनिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया