प्रविन र रचनाको स्वरमा ‘म त परे पूर्वको

काठमाडौं - गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ र दिनेश श्रेष्ठको एरेञ्ज छ । वसन्त लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
समन अधिकारी निर्देशित भिडियोमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपाने फिचर्ड छन् ।भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।
वसन्त थापामगर प्रस्तुतकर्ता रहेको भिडियो रेस्क्यु क्रिएसनले निर्माण गरेको हो । भिडियोमा टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्क भेषराज पोखरेल र श्यामसुन्दर श्रेष्ठको विशेष सहयोग छ । भिडियो माउन्ट एभरेस्ट डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया