गुण सिनेमामा अबको एक महिना कार्मको ‘कर्म’

काठमाडौं - बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल,ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् ।
गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरन सायमीलगायतले अभिनय गरेका छन् ।
पहिलो दिनको विशेष सोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छविराज ओझालगायतका कलाकार उपस्थित थिए । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार, संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै विभिन्न सामाजिक संस्थालाई प्रदान गरिने जानकारी दिए । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए ।
यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजिक कार्यमा लगाइएको थियोे । लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् । रामकृष्ण, बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया