‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत रिलिज
काठमाडौँ - चलचित्र हलमा रिलिज भएको ४ दिनपछि ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘पीडा भएनी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
चलचित्रको कथा बोल्ने यो गीतमा अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज द्यौरालीको शब्द छ ।
यो गीतको भिडियोमा नायिका पूजा शर्मा फिचर्ड छिन् । चलचित्रमा छाया पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत गाइरहेको देख्न सकिन्छ । चलचित्रको गीतमा नायक पल शाहलाई भने प्रहरीले पक्राउ गरेको देखाइएको छ । यसले पनि चलचित्रको यो गीतले चलचित्रको कथाको सार भन्न खोजेको वुझ्न सकिन्छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रले शुक्रबार÷शनिबार सन्तोषजनक व्यापार गरेको रिपोर्ट आइरहेका छन् । पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा तयार भएको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ । यो गीतले चलचित्रको व्यापारमा मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया