जाह्नवीलाई डाक्टर बनाउन चाहन्थिन् श्रीदेवी
जाह्नवीलाई-डाक्टर-बनाउन

एजेन्सी – बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदैछिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् ।
सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् । जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिइन् । तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन् ।
जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन् । तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिउन् भन्ने चाहन्थिइन् । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।
तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो । जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन् । किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

प्रतिक्रिया