भदौ ३ मा ‘प्रेमगन्ज’, फरक तरिकाले गरियो घोषणा
भदौ-३-मा-प्रेमगन्ज-फरक-त

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आउने भदौ ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो ।
निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दीपेन्द्र के खनाल लगायतका ब्यक्तिहरुले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले केही फरक गर्ने मनसायले यसरी घोषणा गरिएको जनाएको छ ।
यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । फिल्ममा तेजबाहेक र बेनिशा हमाल सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।
सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । परिच्छेद सेन निर्देशक रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

प्रतिक्रिया