रविन तामाङको स्वरमा‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
रविन-तामाङको-चिसो-एष्ट्

चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक सार्वजनिक गरिएको छ । रविन तामाङको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । तामाङ यो चलचित्रमा लामो समयपछि पर्दामा देखिँदैहुनुहुन्छ ।
योचलचित्रमा तामाङको अभिनय मात्र नभएर होइन गीत पनि गाउनु भएको हो । उहाँकै शब्द तथा सङ्गीत रहेको चलचित्रको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अङ्ग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरूको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।
गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङले चलचित्रले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताउनुभयो । ‘दिनेशले बनाएको चलचित्रलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’, उहाँले भन्नुभयो ।
चलचित्रको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया पनि भएको थियो । विद्यार्थीमाझ अन्तक्र्रिया गर्दै टिमले आफूहरूले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको बताएका थिए । यो चलचित्र होलीको भोलिपल्ट अर्थात चैत ४ गतेदेखि सिनेमाघरमा आउँदै छ ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

प्रतिक्रिया