तनहुँ प्रहरीको नियन्त्रणमा पल शाहका म्यानेजर

काठमाडौँ - नाबालिग बलात्कार आरोपी पल शाहका म्यानेजर कृष्ण जोशीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पल शाहको मतियारको रुपमा प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरी कार्यालय स्रोतले इकागजलाई बताएको छ ।
नियन्त्रणमा लिएसँगै प्रहरीले जोशीलाई सात दिनका लागि थुनामा राख्ने म्यादसमेत लिएको छ । घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्याको धम्कि दिएको तथा नाबालिगलाई होस्टाइल बनाएको भन्दै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको पनि तनहुँ प्रहरीले जनाएको छ ।
नाबालिगले पल शाहविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दिएपछि फरार रहेको कृष्ण जोशीले एक युट्युब अन्तर्वार्तामा सरोज ओली, दुर्गेश थापा आदि मिलेर पल शाहको हत्याको योजना बनाएको दाबी गरेका थिए ।
उनले दिएको अन्तर्वार्ताकै आडमा सामाजिक सञ्जाल दुर्गेश थापा मुर्दाबाद भन्दै पललाई न्यायको माग गर्दै तातेको थियो । जोशीले लगाएको आरोप सरोज ओली र दुर्गेश थापा दुवैले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै खण्डन गरेका थिए । अहिले प्रहरीले पल शाहलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया