प्रकाश सपुतको गीतबारे प्रचण्डको प्रतिक्रिया: अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन

धनगढी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रकाश सपुतकाे गीत 'पीर'काे म्युजिक भिडियाेमा भइरहेकाे विवादबारे प्रतिक्रिया दिएका छन् ।
माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरूले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, 'मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।'
शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, याे विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।
जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया