‘ह्रस्व–दीर्घ’ निर्देशन गर्ने निर्णयबाट पछि हटिन् नीता, चन्द्र पन्तले निर्देशन गर्ने

काठमाडौँ - अभिनय र निर्देशकको दोहोरो जिम्मेवारी निर्वाह गर्न लागेकी नीता ढुंगानाले निर्देशनबाट भने हात झिकेकी छिन् । उनले निर्देशकको अभिभारा चन्द्र पन्तलाई सुम्पिएर अभिनयमा मात्र फोकस हुने भएकी छिन् । अब ‘ह्रस्व–दीर्घ’ चन्द्र पन्तले निर्देशन गर्नेछन् ।
तीन चारमहिनापछि सुटिङमा जाने फिल्मका लागि नीता स्वयं पछिल्लो विकल्प थिइन् । हरिहर अधिकारी र नीता मिलेर बनाउन लागेको यो फिल्मको निर्देशनका लागि रामजी लामिछाने, झरना थापा, सुदर्शन थापासम्मको नाम चर्चा थियो । हरिहर र नीताले यी सबैलाई निर्देशनका लागि कुरा गरेका थिए । तर कसैसँग पनि कुरा नमिलेपछि नीता स्वयं निर्देशक बन्न कस्सिएकी थिइन् । तर अन्ततः उनले यो जिम्मेवारी पन्ततर्फ सारेकी छिन् ।
यो फिल्मको छायाँकारको रुपमा सञ्जय लामा रहनेछन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ । नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यही फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् । अमेरिकामा बस्दै आएका चन्द्र फिल्म साइन गरे लगत्तै अमेरिका फर्की सकेका छन् ।
ज्योतिषसमेत रहेका हरिहरले यसअघि ‘शुभ लभ’बाट अभिनयमा डेब्यु गरेका थिए । दुई वर्षअघि भएको वीरगञ्जको एक महोत्सवबाट नजिकिएका हरिहर र नीताले यसअघि टेलिभिजन सो र एउटा म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।
हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् । नीता र हरिहरले गीतामाथि पनि फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट थाँती राख्दै दुवैले रोमान्टिक फिल्ममा काम गर्न लागेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया