पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश गरेको थियो ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।
पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यता नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहूँ प्रहरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

प्रतिक्रिया