वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

सुर्खेत- नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो ।
नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा कांग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो ।
नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो । गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थप गरेर सात जनाको नाम जिल्ला कार्य समितिमा पठाएको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया