फोटो फिचर

यसरी खेलिन्थ्यो फागु : ६ दशकअघिका यी १० तस्बिर

इकागज |
चैत १६, २०७७ बजे

सन् १९६९ मा बाराको गढीमाई फत्तेपूरमा फागुको बालसूलभ रमाइलो ।

काठमाडौँ : भनिन्‍छ एउटा तस्बिरले हजार शब्द बाेल्छ । यी तस्बिर जसले आधा शताब्दी अघिको नेपालको सांस्कृतिक, सामाजिक परिवेश झल्काउँछन् । नेपालको विगतको फागुपूर्णिमालाई स्मरण गराउँदै अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालमा केही ऐतिहासिक तस्बिर साझा गरेको छ । नेपालको पूर्व तेह्रथुमदेखि पश्चिम डोटीसम्मका, बारादेखि  पोखरा हुँदै वीरगञ्जसम्मका, गुल्मीका भार्सेका शिक्षकदेखि डोटीमा महिला बाहुल्य भएको तस्बिरले त्यसबखतको नेपालको फागुपूर्णिमाका विभिन्‍न पक्ष चित्रण गर्छन् । यी १० तस्बिर तत्कालीन अमेरिकी पिसकोर स्वयंसेवकहरूले खिचेका हुन् ।   
तस्बिरहरू अमेरिकी दूतावास

सन् १९६३ मा सुनसरीको इनरुवामा नेपालका लागि पहिलाे अमेरिकी आवसीय राजदूत हेन्‍री स्टेबिन्स र उनकी पत्‍नी स्थानीयसँग फागु खेलेपछि सामूहिक तस्बिर खिचाउँदै । 


सन् १९६३ को पाेखरेली फागु । 

सन् १९६४ मा काठमाडौँको फागु ।

न् १९६४ मा गुल्मीको भार्से माध्यमिक विद्यालयमा फागु खेल्दै शिक्षक तथा विद्यार्थीहरू । 

सन् १९६४ मा पोखराको माटेपानीमा फागु खेल्दै विद्यार्थी ।  

सन् १९६८ मा वीरगञ्‍जको त्रिजुद्ध माध्यमिक विद्यालयमा फागुमा रम्दै विद्यार्थी । 

सन् १९७० मा तेह्रथुममा फागुको रमाइलो ।

सन् १९६७ मा चितवनको थारु समूदाय पूर्वपश्चिम राजमार्गको राप्ती नदी खण्डमा मयूर नाचको साथ फागुमा रम्दै । 

सन् १९६७ मा डाेटी सदरमुकाम सिलगढीमा फागु खेलेर रमाउँदै ।  



Author
थप समाचार