फोटो फिचर

कति खुल्यो काठमाडौँको मौसम (फोटो फिचर)

सरोज बैजु |
चैत १९, २०७७ बजे

काठमाडौँ : बिहीबार काठमाडौँ उपत्यकाको मौसम केही खुलेको छ । एक हप्तादेखि वायु प्रदूषणका कारण धुवाँ र धुलोका कणले भरिएको काठमाडौँको आकाश बिहीबार केही खुलेको हो । बुधबार राती परेको पानीले प्रदूषणको मात्रा घटेको र मौसम खुलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद राजु प्रधानांगका अनुसार बिहीबार पनि पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा बिहीबार पानी पर्ने सम्भावना बढेको हो । 


पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद् प्रधानाङ्गले बताए । उनका अनुसार पानी परेपछि एक हप्तादेखि धुम्मिएको काठमाडौँको आकाश केही सफा देखिएको छ । यद्यपी वायु प्रदूषण भने पूर्ण रुपमा हटिसकेको छैन ।

तराईका जिल्लामा लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआएसम्म प्रदूषण हट्ने सम्भावना कम रहेको मौसमविद्को भनाइ छ । 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार