फोटो फिचर

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (फोटो फिचर)

इकागज |
असार २०, २०७९ बजे

काठमाडौं– विवेकशील साझा पार्टीको युवा संगठनले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गर्दै प्रदर्शन गरेको छ । सोमबार  संगठनले काठमाडौंको माइतीघर मण्डलामा अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्दै प्रदर्शन गरेको हो । 

संगठनले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्ने माग राखेको छ । बजेट निर्माणका क्रममा घुसपैठ भएको संगठनको भनाइ छ । अर्थ मन्त्रालयले बजेटकाे अघिल्लाे दिनकाे सिसिटिभी फुटेज नभएकाे बताएपछि अर्थमन्त्रीकाे आलाेचना हुँदै आएकाे छ ।




Author
थप समाचार