फोटो फिचर

जनआन्दोलनको फोटो कथा

बोल्न पाऊँ भनिरहेका यी तस्बिर : मीनरत्‍नको लेन्सबाट

इकागज |
चैत २६, २०७७ बजे

काठमाडौँ : वरिष्ठ फोटो पत्रकार मीनरत्न वज्राचार्यको क्यामेराबाट खिचिएका ३१ वर्षअघिको जनआन्दोलनको झाँकी । यी तस्बिरले प्रजातन्त्रप्रतिको अपेक्षा, भोक र पञ्चायती व्यवस्थाप्रतिको आक्रोश व्यक्त गर्छन् ।

काठमाडौँका सडकमा महिलाहरु लाठी लिएर निस्केका छन् । कम्युनिष्ट र कांग्रेसको गठबन्धनबाट खुँडा टेक्न बाध्य भएको पञ्चायती व्यवस्था ढाल्दै गरेको देखिन्छ । सिंहदरबार अगाडि निस्केको विजय जुलुसबाट जनताले सिंहदरबारको हिस्सेदारीमा आफ्नो नैसर्गिक अधिकार खोजिरहेको प्रतीत हुन्छ ।


समग्रमा यी सबै तस्बिरले हामी हिडेँको प्रजातन्त्रको बाटो स्मरण गराउँछन् । ३१ वर्षपछि पनि प्रजातन्त्र खोसिने हो कि भन्ने चिन्ता नेपाली जनतामा अहिले पनि बेला बेला देखिन्छ । यो नेपाली राजनीतिको दुःखद पक्ष हो ।

हेर्नुहोस जनआन्दोलनका थप तस्बिर :

 



Author
थप समाचार