फोटो फिचर

राष्ट्रिय र सैनिक संग्रहालयमा राष्ट्रपतिका तीन घण्टा (फोटो फिचर)

इकागज |
चैत २८, २०७७ बजे

तस्बिरहरू : सुनील सी बज्राचार्य/ राष्ट्रपति कार्यालय

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले छाउनीस्थित नेपाली सेनाको संग्रहालयमा  पुगेर अवलोकन गरेकी छन् । उनले शनिबार छाउनीमा रहेको राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयमा तीन घण्टा विताएकी थिइन् । 


संग्रहालय भनेको सम्बन्धित तथा विभिन्‍न विषयक ज्ञानको भण्डार नै हो । त्यहाँ रहेका पुराना र महत्वपूर्ण बस्तुहरूले आगन्तुक बौद्धिक वर्गलाई अति सारगर्भित, महत्वपूर्ण र उपयुक्त ज्ञान प्रदान गर्ने र विगतबारे जानकारी दिने काम गर्छ । नेपाली सेनाको गौरवमय इतिहासलाई त्यहाँ राखिएको छ ।

राष्ट्रप्रमुखबाट संग्रहालयको अवलोकन पहिलो पटक भएको जानकारी पनि दिइएको छ । राष्ट्रपति भण्डारीलाई संग्रहालयबारेमा संक्षिप्त जानकरी संग्रहालय प्रमुख जयराम श्रेष्ठले दिएका थिए । यस्ता विषयगत संग्रहालयहरूले जानकारीका लागि सहजिकरण हुने गर्छ ।

नेपाली सेनाले पनि आफूसँग जोडिएका विषयलाई लिएर आफ्नो संग्रहालय तयार गरेको छ भने नेपालसँग नै प्रत्यक्ष जोडिएकोलाई भने राष्ट्रिय संग्रहालय भनेको छ । नेपाली सैनिक संग्रहालय, छाउनीमा छ । यसको थालनी २०५७ सालमा नै भएको हो । तत्कालिन राजा विरेन्द्रको जन्मोत्सवको अवसर पारेर ‘नेपाली सैनिक संग्रहालय’को भवनको शिलान्यास भएको थियो । 

त्यसपछि दरबार हत्याकाण्ड र अनेकन चलखेलहरूले गर्दा यसको निर्माण कार्य शिलान्यास भएको झण्डै पाँच वर्ष पछि सुरु भयो । तत्कालिन प्रमुख सेनानी डा.प्रेमसिंह बस्न्यात (सहायक रथीमा अवकास)को नेतृत्वमा बनेको समितिले काम गरेको थियो । यो संग्रहालय यतिबेला सर्वसाधारणको लागि पनि खुला छ । जो सुकैले पनि त्यहाँ पुगेर नेपाली सेना र मुलुकको विगतबारेमा जानकारी लिन सक्छन् । 



Author
थप समाचार