फोटो फिचर

धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनै पूर्णिमको मेला [फाेटाेफिचर]

सौरभराज शर्मा |
साउन २७, २०७९ बजे

काठमाडौँ-  बनेपा नगरपालिका काभ्रे वडा नम्बर ६ मा रहेको धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनै पूर्णिमको मेला लागेकाे छ । यहाँ हरेक वर्ष जनै पूर्णिमाको दिन भक्तजनहरूको भिड लाग्‍ने गर्छ ।​ साेही क्रममा श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत–जनै धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।


 



Author
थप समाचार