फोटो फिचर

यसरी मनाइयाे विश्व पर्यटन दिवस [फाेटाे फिचर]

अनुज बज्राचार्य |
असोज ११, २०७९ बजे

काठमाडौँ- विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाइएको हो । पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ’ललित कार्निभल’को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा आयोजना गरिएको हो ।


सांस्कृतिक मेलामा पाँच सय जनाभन्दा धेरै कलाकारहरूले सातै प्रदेशकाे परम्परागत संगित तथा नृत्यको प्रस्तुति दिएका थिए । हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णय समेत गरेको छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार