फोटो फिचर

तस्बिर बोल्छ

११ फोटोमा हेर्नुहोस प्रधानमन्त्री ओलीको धरहरा उद्घाटन र अवलोकन

इकागज |
बैशाख ११, २०७८ बजे

फोटो : राजन काफ्ले

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरे । २०७२ बैशाख १२ गते भूकम्पले भत्किएको धरहरा ६ वर्षपछि निर्माण हुँदा ओलीले शनिबार उद्घाटन गरेका हुन् । तर धरहरा निर्माणको काम अझै सकिएको छैन ।


धरहराको टुप्पोमा पुगेर प्रधानमन्त्री ओलीले काठमाडौँ समेत नियाले । उनले धरहराको टुप्पोबाट फूलको वर्षा गराएका थिए । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले पनि धरहराबाट फूलको वर्षा गराएकी थिइन् । 

अपुरो धरहरा उद्घाटन गर्ने ओलीको रहर तत्काललाई पूरा भएपनि नागरिकको धरहरा चढ्ने रहर तत्कालै पूरा हुने छैन । धरहरा निर्माणको सबै काम सकिएपछि मात्रै सर्वसाधारणका लागि खुला गरिनेछ । धरहराको जग राम्रोसँग ढलान गर्न बाँकी छ । अहिले लिफ्टबाट धरहरा चढ्ने गरिएको छ ।

धरहरा चढ्नका लागि अनिवार्य मानिने भर्‍याङ अझै बनिसकेको छैन । २५ तलाको धरहरा चढ्दा २० औँ तलाबाट काठमाडौँ अवालोकन गर्न सकिनेछ । झण्डै तीन तला जगमा राखिएको छ ।

 

धरहराको २० औँ तलाबाट अवलोकन गर्दा काठमाडौँ सुन्दर देखिन्छ । शनिबार उद्घाटन गरेलगत्तै धरहरा चढेका प्रधानमन्त्री ओलीले धरहरा चढ्दा फ्रान्सको पेरिसमा रहेको आइफल टावर चढेको अनुभव भएको बताए । स्मरण रहोस, प्रधानमन्त्री ओलीले भत्किएको धरहरा समेत चढेका थिए । 

सबै फोटो : राजन काफ्ले, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय 

(फोटो क्रेडिटमा राजन काफ्ले*को नाम हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ - सम्पादक ।​)

 


 



Author
थप समाचार