फोटो फिचर

चितवनमा अस्ताउँदो सूर्य (फोटो फिचर)

सरिता थापा |
बैशाख ११, २०७८ बजे

काठमाडौँ : नेपालको भौगोलिक बनावट सुन्दरताले भरिएको छ । हिमाल, पहाड र तराईको बेग्लाबेग्लै सुन्दरताले नेपालको परिचय विश्‍वमै एक लोभलाग्दो मुलुकका रूपमा स्थापित छ ।

भौगोलिक मात्र नभई विविधताले भरिएको जिल्ला मध्ये चितवन एक हो । पर्यटकलाई आकर्षण गर्ने जिल्ला पनि हो । जहाँ हरेक दिनको हरेक समय सुन्दर रूपमा नियाल्न सकिन्छ । गोधुँली साँझमा चितवनबाट देखिने अस्ताउँदो सूर्यको सुन्दरता झन् बेग्लै छ । केटाकेटी आफ्नै सुरतालमा रमाएका बेला अस्ताउँदो सूर्यले दिएकाे एक मनमाेहक पल । 


हातमा मोबाइल वा क्यामेरा भएपछि त्यही सूर्यलाई हत्केलामा राखेर कैद गर्दाको क्षण आफैँमा मनमोहक लाग्छ । त्यसमाथि साना-साना केटाकेटी उफ्रिदै गरेको बेलाको अस्ताउँदो सूर्य झन् रोचक नै देखियो र अनयाशै कैद भए, तस्बिरहरू । हेर्नेलाई मात्रै होइन, खिच्‍नेका लागि अविष्मरणीय झैँ लाग्दछ, आफैँ खेले हुर्केको स्थानमा लिइएको यो तस्बिर ।

अनि यादहरू छचल्किन्छन आफ्नो बाल्यकाल र त्यतीबेला ख्याल नगरिएका यी दृश्य । पहिले जस्तो फैलिएको त छैन, साँघुरिएकाे छ कयर खाेला । तर, तटबन्ध भएको देखिन्छ । जसले चैनपुर र  पिठुवालाई छुट्याउँछ ।

जहाँ गोधुलीसाँझमा अस्ताउँदाे सूर्य हेर्न सबैलाई लालयित बनाएको हुन्छ । पूर्वी चितवनको साैराहामा राप्तीको किनार र पश्‍चिम चितवनमा नारायणीको किनारबाट यही दृश्य नियाल्न हामी मात्र होइन, विदेशी पनि आउँछन् । तर, आफ्नै घर आगनबाटै देखिने दृश्य झनै मनमोहक ।  


शब्द/तस्बिर : सरिता थापा 



Author
थप समाचार