फोटो फिचर

कोहीलाई विमानस्थलबाट बाहिरीन हतार, कोहीलाई प्रवेशद्वार मर्मत गर्न (फोटो फिचर)

बिनाज गुरुवाचार्य |
बैशाख २१, २०७८ बजे

त्रिभुवनविमानस्थलबाट बाहिरिँदै यात्रुहरू । मंगलबारदेखि आन्तरिक हवाइ उडान बन्द भएको छ ।

काठमाडौँ  : काठमाडौँ उपत्यकासहित देशका अधिकांश जिल्लामा कोभिड–१९ को संक्रमण बढिरहेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा आगामी बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । आन्तरिक हवाइ उडानहरु आजबाट नै बन्द भए ।

अन्तर्राष्ट्रि उडान पनि बिहीबारदेखि बन्द हुँदैछ । त्यसैले यात्रुहरु हतार हतार बिहीबारभित्रै उडान भर्ने गरी टिकट काटिरहेका छन् । त्यसो त निषेधाज्ञाकै मौका पारेर काठमाडौँको न्यूरोडमा रहेको प्रवेद्वार पनि मर्मत सुरु गरिएको छ । सडकमा भने प्रहरी चेकजाँच झनै कडा बनाइएको छ । 


बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानहरू बन्द  हुँदैछ । त्यसैले यात्रुहरू अग्रिम टिकट काटिरहेका छन् ।

 निषेधाज्ञाको मौका छोपेर काठमाडाैँकाे न्युरोडको प्रवेशद्वार मर्मत गर्दै कामदार ।


४ काठमाडौँमा निषेधाज्ञा जारी भएपछि सडकमा सवारी चेकजाँच गर्दै प्रहरी  ।
 



Author
थप समाचार