फोटो फिचर

तस्बिरमा राष्ट्रपति निर्वाचनको तयारी

इकागज |
फागुन २४, २०७९ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौं- बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।​


नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसद्‍का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरूलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । 



Author
थप समाचार