फोटो फिचर

सरकारलाई सिफारिस : आर्यघाटका १० दृश्य

स्वरुप कोइराला |
बैशाख ३०, २०७८ बजे

काठमाडौँ : आर्यघाटमा मृत शरीरको दाहसंस्कार हुनु ठूलो विषय होइन तर अस्वभाविक संख्यामा दाहसंस्कार हुनु चिन्ताको विषय हो । एउटा मान्छे जन्मिएर ज्यान गुमाउनु पनि ठूलो विषय होइन तर कुनै पनि व्यक्तिले अस्वभाविक मृत्युवरण गम्भीर विषय हो ।

पछिल्लो समय नेपाल कोभिड-१९ महामारीबाट आक्रान्त छ । यही महामारीका कारण नेपालीहरूले अस्वभाविक मरण भइरहेको छ । तर, सरकारले भने कुनै उपयुक्त कदम चाल्न सकेको छैन । राजनीतिक गठजोडमा नै रमेको छ । सबै शक्ति त्यतै खर्चेको छ। जसका कारण ज्यान गुमाउने मानिसहरूको संख्या बढिरहेको छ ।


नेपाली सेनाको तथ्यांक नै नियाल्ने हो भने ४ हजार ६ सय ८२ कोभिड-१९ संक्रमितको ज्यान गइसकेको छ । सबैभन्दा बढी मध्य पश्‍चिम पृतनाले ५ सय २५ संक्रमितको शव व्यवस्थापन गरेको छ । पूर्वी पृतना ५ सय ६, मध्य पृतना ३ सय ५९ , उत्तर पश्‍चिम पृतना २ सय ६८, पश्‍चिम पृतना २ सय ९१, सुदुर पश्‍चिम पृतना २ सय ४ र मध्य पूर्वी पृतनाले १ सय ७९ संक्रमितको शव व्यवस्थाप गरेको छ । 

बैशाख १ गतेदेखि २८ गते सम्म देशभरका पृतनाले २ हजार ३ सय ३२ संक्रमितको शव व्यवस्थापन गरेको हो  । त्यसैगरी , उपत्यका पृतनाले वैशाख २८ गते सम्म २ हजार ३ सय ५० शवको व्यवस्थापन गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने हालसम्म चार हजार ८४ संक्रमितको मृत्यु भएको छ ।

कोभिड-१९ ज्यान गुमाएका मानिसहरूको शव मुलुकका विभिन्‍न ठाउँमा दाहसंस्कार हुने गरेको छ । जसमध्येको सबैभन्दा ठूलो दाहसंस्कारस्थल हो, पशुपतिस्थित आर्यघाट । नेपाली सेनाले काठमाडौँ उपत्यकाका भित्रका शवलाई यहाँ व्यवस्थापन गर्ने गरेको छ । सुरुमा कोभिड-१९ बाट मृत्यु भएका मानिसको शवलाई विद्युतिय शवदाह गृहमा व्यवस्थापन गरिन्थ्यो।

अहिले मृतकको संख्या बढेसँगै बागमती वरिपरी शवको व्यवस्थापन गरिन्छ । शव व्यवस्थापनका यिनै दृश्य इकागजले सरकारलाई सिफारिस गरेको छ । किनकि कोभिड-१९ महामारीलाई नियन्त्रण गर्ने सरकारको पहिलो काम हो । तर सरकारको ध्यान यतातिर गएको देखिँदैन ।

१० तस्बिर :



Author
थप समाचार