फोटो फिचर

फोटोकथा

अचेल एक्‍लै मुस्कुराउँछ मुस्ताङ (फोटो फिचर)

कमला परियार |
जेठ १८, २०७८ बजे

जोमसोमबाट देखिएको निलगिरि हिमालको दृश्य

काठमाडौँ : नेपालको सदाबहार पर्यटकीय क्षेत्रमा पर्छ मुस्ताङ । अग्लो डाँडामा पुगेर मुस्ताङका सुन्दर दृश्य हेर्न होस वा चलचित्रको सुटिङ गर्न नै । मुस्ताङ धेरैका लागि रोजाइको ठाउँ हो । त्यसमाथि हिउँ परेका बेला मुस्ताङ पुग्‍नेहरू त स्वर्ग पुगेकै महसुस गर्छन् ।


उसो त हिउँ पर्दा मात्रै होइन, मान्छेलाई नै उडाउने गरी लाग्‍ने हावाले पनि मुस्ताङको विशेषता झल्काउँछ । त्यसैले मुस्ताङ सदाबहार सुन्दर ठाउँमध्यको एक हो । तर अहिले कोभिड-१९ महामारीले गर्दा अहिले मुस्ताङ पनि सुनसान छ ।

पर्यटक छैनन् । चहलपहल छैन । आउने जानेको भीडभाड छैन । मुस्ताङको मुक्तिनाथ मन्दिरलगायतका धार्मिक क्षेत्र पनि सुनसान छन् । तर पनि मुस्ताङ मुस्कुराएकै छ । धौलागिरी, माछापुच्छ्रे र निलगिरी हिमाल मुसुक्क मुस्काइरहेको भान हुन्छ । 

बिहान जुरुक्कै उठेदेखि देखिने निलगिरी हिमालको मुस्कान बेलूकी घान नडुब्दासम्म देखिन्छ । जसले मोहित मात्र पार्दैन । कोभिड महामारीमा धेरैलाई मनको सन्तोष पनि दिन्छ । जोमसोमका हरियाली चौर, अलि परको हिमालले मुस्ताङको सुन्दरतामा कमी ल्याएका छैनन् ।

मुस्ताङका पाटनहरू अहिले हरियाली हुँदै गएका छन् । मानिसहरू घरबाहिर निस्कन डराउँछन् । तर चौरीहरु पाटनमा निर्वाध चरिरहेका छन् । भेडाहरूको बथान उस्तै छ । त्यसैले पनि सदाबहार मुस्ताङको मुस्कुराहटमा कहिल्यै कमी आउँदैन । 



Author
थप समाचार