फोटो फिचर

नयाँ वानेश्‍वरमा ‘ओभरहेड ब्रिज’ (फोटो फिचर)

इकागज |
जेठ २६, २०७८ बजे

काठमाडौँ : सडक वारपार गर्न सधै समस्या रहेको नयाँ वानेश्‍वरमामा ‘ओभरहेड ब्रिज’ (आकाशे पुल) निर्माण थालिएको छ । सडक विभागले आज त्यहाँ फलामबाट निर्माण भएको ब्रिज बनाउन लागेको हो ।


यो पुल बनाएपछि बाटो काट्ने समस्या समाधान हुनेछ । काठमाडौँ र पाटनका मानिस त्यहाँ आउने हुनाले पैदलयात्रीको चाप नयाँ वानेश्‍वरमा धेरै हुने गरेको छ । त्यही समस्या समाधानका लागि लामो समयको प्रयासपछि पुल राख्‍न थालिएको हो । 

पुल राख्‍न त्यहाँ पहिल्यै पिलर उठाइएको थियो । र आज गाडीबाट फलाका पुलसम्बन्धी सामग्री ल्याएर राख्‍न थालिएको हो । यी सामग्री यहाँको ब्रिजबाट झिकेर अर्को ठाँउमा लगेर पनि राख्‍न सकिने खालका छन् ।

विभागले यसअघि गोगंबुस्थित नयाँ बसपार्क अगाडि र कलंकीमा यस्तै खाले ‘ओभरहेड ब्रिज’ राखेको थियो । र पछि ती ब्रिज भत्काइएको थियो । आम नागरिकले नयाँ वानेश्‍वरमा पनि त्यस्तै नहोस् भन्‍ने कामना गरिरहेका छन् । 



Author
थप समाचार