फोटो फिचर

विरोध प्रदर्शन

१० फोटोमा हेर्नुहोस निषेधाज्ञामा नागरिक समाजको सडक आन्दोलन

इकागज |
जेठ २८, २०७८ बजे

काठमाडौँ : दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको विरोधमा प्रदर्शन गर्ने अभियान्ता पक्राउ परेका छन् । सरकारले निषेधाज्ञा जारी गरेका बेला डा. केसी अलायन्स समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । 


बिहिबार प्रदर्शनको क्रममा सहभागी केही युवाहरू प्रकाउ परेका हुन् । त्यसैगरी, डा. केसीले नेपाल आएपछि सत्याग्रह बस्ने चेतावनी समेत दिएका छन् । उनी अहिले यमनमा छन् । निषेधाज्ञाका कारण नेपाल फर्किन सकेका छैनन ।

यस्तै चिकित्सा शिक्षा आयोगको स्वायत्ततता माग गर्दै बालुवाटार अघि बिरोध प्रदर्शन गर्न पुगेका नागरिक समाजका आन्दोलनकारीहरुलाइ प्रहरीले भाटभटेनीबाटै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र खगेन्द्र संग्रौला, युग पाठक, घिमिरे युवराज लगायत छन् । पछिल्लो समय विभिन्न माग राख्दे वृह्त नागरिक आन्दोलनले प्रदर्शन गर्दै आएको छ ।


 



Author
थप समाचार