फोटो फिचर

पानीको रमझम, खोपको तिर्खा (फोटो फिचर)

इकागज |
जेठ ३१, २०७८ बजे

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले स्थगित गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियान पुनः सुरु भएको छ । जेठ २५ गतेबाट सुरु भएको खोप अभियान जेठ २७ गते भने रोकिएको थियो । महानगरपालिकाका अनुसार खोप आज र भोलि(मंगलबार) दुई दिन मात्रै लगाइने छ।

आजको खोप अभियानमा ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि पहिलो डोजको खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड-१९ का विरामीका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र पारामेडिक विद्यार्थीलगायत स्वास्थ्यकर्मीलाई लगाइएको छ ।


खोप केन्द्र वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप अभियान सञ्चालन गरिएको छ । नेपालमा मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ । तर, पानीको कुनै पर्वाह नगरी नागरिकहरू खोपका लगाउन लाइन लागिरहेका छन् । 

 

 



Author
थप समाचार