फोटो फिचर

बस्तीमा पस्यो तिनाउ, दर्जनौं घर डुबानमा (फोटो फिचर)

विक्रम खड्का |
असार १, २०७८ बजे

बुटवल : दुई दिनदेखिको लगातार वर्षापछि आएको बाढीले बुटवलको तिनाउ किनार जलमग्‍न भएको छ । दर्जन घर डुवानमा परेका छन् । तिनाउ किनारका केही बस्तीलाई सुरक्षित स्थानमा राख्‍ने काम भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । 


बुटवलमा तिनाउ नदीले खतराको तह पार गरेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । नगरप्रमुख शिवराज सुवेदीले नदीको निरिक्षण गर्दै नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका हुन् । नगरप्रमुख सुवेदीले आपतकालीन सहायता आवश्यक परेमा टोल विकास संस्था, जनप्रतिनिधि अथवा सुरक्षा निकायमा खबर गर्न पनि आग्रह गरेका छन् ।

तिनाउको जल सतह खतराको अवस्थामा पुग्‍न लागेकाले मातहतका सबै संयन्त्र र जिल्लास्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरेका छन् । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको पनि उनले जानकारी दिए ।  



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।

थप समाचार