फोटो फिचर

सिन्धुपाल्चोकमा बाढीको विध्वंश (फोटो फिचर)

विष्णु विश्‍वकर्मा |
असार २, २०७८ बजे

मेलम्ची : सिन्धुपाल्चोको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि  पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित बाढी आएको थियो ।  बाढीका कारण मेलम्ची क्षेत्रका अधिकांश घर डुबानमा छन् ।

त्यहाँका नदीमा रहेका पुल, सुरक्षा फौजको पोस्ट बगाएको छ । त्यहाँ बाढीका कारण घरमा रोकिएकाहरुको हेलिकप्टरको सहायतामार्फत् उद्दार पनि गरिएको छ । पानी अहिले पनि निरन्तर परिरहेकोले नदीको बहाब घटेको छैन ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी पहिरोमा हराएकाको खोजी तथा उद्धारको काम जारी रहेको जनाएको छ । 




Author
थप समाचार