फोटो फिचर

उद्योग वाणिज्य महासंघ चुनाव :

प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरू

सरोज बैजु |
मंसिर १३, २०७७ बजे

काठमाडौं : उद्योग वाणिज्य महासंघको मतदानपछि मतगणना सुरू भएको छ । टेकु र बबरमहलबाट कमलादी ल्याइएको मतपत्र बेलुकी ६ बजेबाट गणना गर्न थालिएको हो ।

मध्यरातसम्ममा मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको निर्वाचनमा खटिएका एक कर्मचारीले बताए । उनले भने, 'सकभर आजै मतपरिणाम आउने गरि काम थालिएको छ ।'


जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ,  एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् । वस्तुगततर्फ अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन् ।

वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा रहेको महासंघले जनाएको छ । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ ।



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार