फोटो फिचर

चाँदीको घेरामा सुन्दरताको रहस्य

कर्णालीलाई हेर्ने तपाईको दृष्टिकोण बदल्ने तस्बिर (फोटो फिचर)

जसलाई दुनियाँले नियाल्नै बाँकी छ...

विष्णु विश्‍वकर्मा |
असार १९, २०७८ बजे

मुगुबाट देखिने चंखेली हिमाल । फोटो: सोनी शाही ठकुरी

काठमाडौँ : गरीबी, अभाव र विकटता । कर्णालीको मूल परिचय धेरैले यसैलाई ठान्‍छन्। वर्षौदेखि गरीबीमै रहेको कर्णालीको परिचय फेर्न धेरै समय लाग्छ होला पनि । तर केही रचनात्मक युवाहरुको प्रयासमा कर्णालीको परिचय र दृष्‍टिकाेण फेरिदै गएको छ ।

जुम्लाको खलंगा र जुम्ला विमानस्थल । फोटो : मनिषा कठायतअचेल कर्णालीमा गरीबीका तस्बिर त्यति देखिदैनन् । खान नपाएका, भोका र च्यातिएका कपडा लगाउने मानिसहरुको तस्बिर पनि त्यति चर्चामा आउँदैनन् । भोकमरी, झाडापखाला जस्तो महामारी पनि कर्णालीमा छैन । अचेल छ त सुन्दरता, सम्भावना र सत्प्रयास । कर्णालीमा यो मात्रै पर्याप्त छैन ।

समस्या, सास्ती र पीडा पनि धेरै छन् । तर सँगै छन् सुन्दरता, सम्भावना पनि । जसले कर्णालीको परिचय फेर्न मद्दत गरिरहेकाे छ । कर्णालीलाई हेर्ने दृष्टिकोण बदलिन सक्छ । केही युवाहरुको रचनात्मक प्रयासले कर्णालीप्रतिको दृष्टिकोण बदलिदै गएको पनि छ ।


कालिकोटमा मिसिने कर्णाली र तिला नदीको दोभान । फोटो : पूर्णसिंह बमजसको नेतृत्व दैलेखका श्याम बिसीले गरेका छन् । उनलाई वीरेन्द्र रोकाया, सुवास गौतम, सोनी शाही ठकुरी, मनिषा कठायत, छेवाङ लामा र जीवन गुरुङ लगायतका युवाहरुले साथ सहयाेग गरिरहेका छन् । कर्णाली ग्यालरी पेज बनाएर उनीहरुले कर्णालीका विभिन्न ठाउँका सुन्दर तस्बिर खिचेर पोस्ट गर्ने गरेका छन् ।

हात हातमा रहेको माेबाइल फाेनकै क्यामेराबाट खिचिएका फोटोलाई झन सुन्दर बनाएर उनीहरु फेसबुकमा पोस्ट गर्छन् । जसले कर्णाली गरीब मात्रै होइन, सुन्दरताको खानी हो भनेर चिनाउने गर्छ । कर्णालीको सम्भावना उजागर गर्ने उनीहरुको प्रयास कर्णाली ग्यालरी फेसबुक पेज ग्रुपबाट सुरु भएको हाे ।

रुकुम मुसिकोटमा रहेको सल्ले विमानस्थल । फोटो: सुवास गौतम

विगतमा केही संघ संस्थाले कर्णालीको गरीबी, अभाव र विकटतालाई मात्रै केन्द्रमा राखेर प्रचार प्रसार गर्थे । जसले गर्दा कर्णालीका धेरै सुन्दरता र सम्भावना ओझेलमा परे । तर हिजोआज कर्णालीका युवाहरु त्यो पूरानो दृष्टिकोण फेर्न ‘लेट्स एक्स्प्लोर कर्णाली’ भन्दै अभियान चलाइरहेका छन् । 

सुर्खेतको भेरी नदीमाथिको पुल । फोटो : फेसबुक कर्णालीमा मुगुको रारा ताल, डोल्पाको शे-फोक्सुण्डो ताल, सुर्खेतको बुलबुले ताल मात्रै होइनन । आँखाले हेर्दा किनारा नभेटिने समुन्द्र जस्तै सुन्दरता छन् । जो बाहिर आउनै बाँकी छन् । जसलाई सारा दुनियाँले नियाल्नै बाँकी छ ।

खाली विगतका केही कुरुप तस्बिर हेरेर मात्रै कर्णालीलाई हेर्न कम्तीमा अब मिल्दैन । कर्णालीका हरेक बस्ती, घर र पाखा पखेराहरुमा सुन्दरताको खानी छ । सम्भावना छ । अवसर छ । अनि त्यत्तिकै रहस्य पनि । 

हुम्लाको श्रीनगरमा रहेका पुराना शैलीका घर । फोटो : ध्रुव भण्डारी

कर्णालीको सुन्दरता र सम्भावनाबारे टिप्पणी गर्दै पर्यटन व्यवसायी श्रीराम सिग्देल भन्छन्, ‘कर्णालीमा मानिसको पैतालाको धुलोमा पनि पर्यटन छ । सम्भावना छ । मात्र त्यसको प्रचार प्रसार हुनुपर्छ ।’ 

सल्यानको कुपिन्डे दह । फोटो : शिखर भण्डारी

कर्णालीको सुन्दरतालाई विश्वासामु पुर्याउनकै लागि ‘लेट्स कर्णाली एक्स्प्लोर’ अभियान सुरु गरिएको कर्णाली ग्यालरीका संस्थापक श्याम बिसी बताउँछन् । कर्णालीका विभिन्न ठाउँका नयाँ नयाँ तस्बिर फेसबुकमा राख्न थालेपछि यसबारे चर्चा, सम्भावना र सुन्दरताबारे फरक दृष्टिकोणबाट टिप्पणी हुन थालेको उनी बताउँछन् ।

दैलेखको पञ्चदेवल । फोटो : फेसबुक

‘हाम्रो एउटै उद्देश्य कर्णालीको अपार सम्भावना बाहिर ल्याउने हो । यसबारे अझ धेरैभन्दा धेरै वास्तविकता खोतलेर फोटोमार्फत सार्वजनिक गर्ने हो’ उनले भने, ‘यसका लागि हामीले फेसबुकमार्फत कर्णालीका विभिन्न ठाउँका फोटो हालेर अभियान सुरु गरेका छौँ । यसले थोरै भएपनि कर्णालीलाई हेर्ने तपाई हाम्रो दृष्टिकोण बदल्नेछ ।’

मुगुको रारा ताल । फोटो : वीरेन्द्र रोकाया

रुकुमको मुसिकोटबाट देखिने भेरी नदी छेउको सदनचौर । फोटो : सुवास गौतम सबै फोटो : कर्णाली ग्यालरीको फेसबुक पेज र ग्रुपबाट 



Author
थप समाचार