फोटो फिचर

फोटोफिचर

युद्ध संग्रहालयको दृष्यावलोकन : नेपाल-अंग्रेज 'वार'देखि एकीकरणसम्म

अतिन आचार्य |
साउन १३, २०७८ बजे

सिन्धुली : युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । सिन्धुलीगढीमा बनेको संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार दिउँसो उद्घाटन गरेकी हुन् । उद्घाटन गरेपछि संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । जहाँ पूराना हात हतियार छन् । अनि नेपाल एकिकरण गरेका पृथ्वीनारायण शाहको ऐतिहासिक काम र विजयको स्मारक पनि राखिएको छ । संग्रहालयका तस्बिरमा पूराना हात हतियार देखिन्छन् । जहाँ भरुवा बन्दुकदेखि गुलेलीसम्म संरक्षण गरिएको छ । सिन्धुलीगढीमा आधुनिक हतियारसहित युद्ध लड्न आएको अंग्रेज फौजलाई त्यतिबेला सामान्य र पूराना हात हतियारको प्रयोग गरेर हराएका थिए ।सिन्धुलीगढीको युद्ध झन् रोचक छ । जहाँ अंग्रेज फौजलाई बारुल्लाको गोलो फुटाएर धपाइएको बताइन्छ । नेपाल एकिकरण गरेका पृथ्वीनारायण शाहले त्यतिबेला प्रयोग गरिएका हात हतियारको संरक्षण गरेर सिन्धुलीगढीमा राखिएको हो ।

हेर्नुस् संग्रहालयका तस्बिरहरू :



 



Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।

थप समाचार