फोटो फिचर

स्थलगत निरीक्षण

जहाँबाट हेलम्बु र मेलम्चीमा बाढी आयो (फोटोफिचर)

इकागज |
साउन १७, २०७८ बजे

काठमाडौँ : हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षणपश्चात भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएको हो । यद्यपी, उनले यसबारे कुनै धारणा सार्वजनिक गरेका छैनन । 


पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । तर हेलिकोप्टरबाट लिइएका केही तस्बिरमा हेर्दा भीमाथाङमा पहिरो गएको दृश्य छन् । जहाँ केही समय पहिले पनि पहिरो गएको थियो ।

मेलम्ची थुनिएपछि पानीको बहाब बढेर फुट्दा एकैपटक तटीय क्षेत्रमा बाढी आएको अनुमान गरिएको छ । ठूलो वर्षा नहुनु, तर एकैपटक ठूलो बाढी आउनुले माथिल्लो भेगमा मेलम्ची थुनिएर एकैपटक पानीको बहाब आउँदा बाढी आएको अनुमान गरिएको हो ।

यसअघि पनि हेलम्बु र मेलम्चीमा भीमाथाङमा पहिरो गएर थुनिएपछि बाढी आएको रहस्य खुलेको थियो । सो क्षेत्रको माटो कमजोर हुने र पटक पटक पहिरो गइरहने खालको भएकाले बेला बेला पहिरो जाने र लेदोसहितको बाढी आएको विज्ञहरुले बताएका थिए ।

मेलम्चीमा आएको बाढीका कारण हेलम्बु, किउल र मेलम्ची बजारका केही घर बगाएको छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

सबै फोटो : हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेनको फेसबुकबाट



Author
थप समाचार