फोटो फिचर

बालबालिकालाई धुवाँमाथि सेकाएर मनाइयो गथे मुँग (फोटो फिचर)

इकागज |
साउन २२, २०७८ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकाका नेवार समुदायले आज गथे मुँग पर्व मनाएका छन् । परापूर्वकालमा दु:ख दिने घन्‍टाकर्ण नामक राक्षसलाई मारेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । आजको दिनलाई उक्त राक्षसलाई मारेको दिनको रुपमा मानिँदै आएको छ ।

नेवार समुदाय बसोबास गर्ने सहरहरू काठमाडौँ उपत्यका, दोलखा , बन्दिपुरलगायतका ठाउँहरूमा यो पर्व मनाइन्छ । आज बिहानैदेखि नर्कटमा पराल वा छ्वाली बेरेर घन्टाकर्णको प्रतिरुप बनाइ दोबाटोमा ठडाइन्छ । साँझ परेपछि सोही प्रतिरुपलाइ जलाएसँगै यो पर्व सकिन्छ । घन्टाकर्ण राक्षस जलाएको धुवाँमाथि बालबालिकालाई नगाए वा उक्त धुवाँले सेकाए रोगव्याधी हट्छ भन्ने जनविश्वास छ । 




Author
थप समाचार