फोटो फिचर

थापाथली सडकको दुर्दशा (फोटोफिचर)

इकागज |
भदौ १३, २०७८ बजे

काठमाडौँ - नेपालको राजधानी हो, काठमाडौँ । धेरैलाई लाग्न सक्छ, काठमाडौँका हरेक गल्ली चिल्ला छन् । पीच छन् । गाडी सरर कुद्छन् । तर होइन । काठमाडौमा पनि गाउँकै जस्तो खाल्डा खुल्डी परेका सडक छन् । 


हिलो छ । धुलो छ । हिलाम्मे बाटो छ । हिड्दा सकस मात्रै होइन । कतिपयले दुर्घटना झेल्नुपर्छ । जसको पछिल्लो उदाहरण हो, थापाथली सडक । नर्भिक अस्पताल र प्रसूति अस्पतालबीचको यो सडक साच्चै अहिले दैनिक गाडी र यात्रुलाई दुःख दिने सडकका रुपमा परिचित छ ।

अस्पताल जस्तो अति संवेदनशिल क्षेत्रको सडकको यो दुर्दशाले काठमाडौँलाई हिलो छ्याप्ने काम गरेको छ । उपचारका लागि नर्भिक र प्रसूति अस्पताल पुग्ने बिरामी र उनीहरुका आफन्तले यो सडकको यात्रा गर्दा धेरै दुःख झेल्नुपर्छ ।

जति दुःख छ । त्यत्तिकै कष्ट पनि । ती बाहेक दैनिक यो सडक भएर हिड्नेहरुका लागि पनि थापाथली दुखान्त बनेको छ । कतिपय गम्भीर प्रकृतिका बिरामी बोकेर अस्पताल जाने एम्बुलेन्स पनि यो बाटोमा बिरामीको सास जोगाउन मुश्किलको यात्रा गर्नुपर्छ ।

यो सडक स्तरोन्नती गर्न भत्किाइएको भएपनि कहिले मर्मत हुने हो ? टुंगो छैन । जसले सर्वसाधारणलाई भने दैनिक सास्ती दिइरहेको छ । 


 



Author
थप समाचार