आठ महिनापछि खुल्यो चिडियाखाना (फाेटाे फिचर)
काठमाडाैं : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।