फोटो फिचर

शंकास्पद वस्तु निष्क्रिय पार्दै सेनाको बम डिस्पोजल टिम

अनुज बज्राचार्य |
भदौ २४, २०७८ बजे

काठमाडौँ - पुरानो बानेश्वरको ओरालोमा रहेको मातृका आँखा अस्पतालभित्र फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पार्ने तयारी गरेको छ । सेनाको बम डिस्पोजल टिमले आवश्यक तयारी गरेर शंकास्पद वस्तु निष्क्रिय पार्न घटनास्थलमा परिचालन भएको छ ।


आवश्यक उपकरण र सुरक्षा सामग्रीसहित घटनास्थल पुगेको टोलीले शंकास्पद निष्क्रिय पार्न अघि बढेको छ । सो क्षेत्रमा अहिले आवतजावत रोकिएको छ । ट्राफिक डाइभर्ट गरिएको छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार