फोटो फिचर

विश्वकर्मा पूजाका लागि मूर्तिको श्रृङ्गार

इकागज |
भदौ २७, २०७८ बजे

काठमाडौँ - विश्वकर्मा पुजा नजिकिएसँगै मूर्तिहरू शृङगार्ने कामको चटारो बढ्न थालेको छ। ललितपुरको बुसिङल सानेपाका कलाकारलाई मुर्ति बनाउने र श्रृंगारपटार गर्न भ्याई नभ्याइ छ । विश्वकर्मा  पुजा सकिने नवदुर्गा भगवती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका बहानहरूका मुर्ति बनाउने काम धमाधम भइरहेको छ ।


यस वर्षको बाढीले आधा भन्दा बढी मूर्ति बगाएको र व्यापारमा घाटा हुने मुर्तिकार श्यामलाल पण्डित बताउँछन्। ‘पहिले परिवारका सदस्यले मात्र नभ्याएर कालिगड बोलाएर पनि मूर्ति बनाइयो’, उनी भन्छन्, ‘तर धेरै मूर्ति बाढीले बगाएर लग्यो ।’

पोहोर साल लकडाउनका कारण विश्वकर्मा पूजा र मूर्ति त्यति भएन । यस वर्ष बाढीले गर्दा बनाइएका मूर्ति पनि बगाएपछि मूर्तिकार चिन्तित बनेका छन् । कोभिड १९ का कारण अझै व्यापार सामान्य हुन नसकेको मूर्तिकारको भनाइ छ । 



Author
थप समाचार