फोटो फिचर

अन्ततः सुरु भयो कक्षा १२ को परीक्षा (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ ३०, २०७८ बजे

काठमाडौँ - कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोभिड जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूको भौतिक उपस्थितीमै आज (बुधबार) बिहान ११ बजेबाट सुरु भएको हो ।


देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ । कोभिड जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो । आजबाट देशभरका करिव पौने ४ लाख विद्यार्थीहरुले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार