फोटो फिचर

विश्वकर्मा पूजाको तयारी पूरा (फोटोफिचर)

अनुज बज्राचार्य |
भदौ ३१, २०७८ बजे

काठमाडौँ : असोज १ गते मनाइने विश्वकर्मा पुजाका लागि मूर्तिहरुको सिँगारिँदै छ । ललितपुरको बखुण्डोलमा यतिबेला भोलि पूजा गरिने विश्वकर्माको मूर्तिहरु बनाउने काम धमाधम चलिरहेको छ ।


विश्वकर्मा पुजा सकिने नवदुर्गा भगवती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका बहानहरूका मुर्ति बनाउने गरिन्छ । विश्वकर्मा पूजाका दिन पूजिने विश्वकर्माको मुर्तिको माग पनि यतिबेला धेरै हुने गरेको छ ।

सोही कारण धेरै मुर्तिकारलाई यतिबेला मूर्ति बनाउन भ्याईनभ्याई छ । असोज १ गते धेरैजसो मानिसले फलाम र फलामले बनेका गाडी लगायत सामग्रीको पूजा गर्ने गर्छन् । 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार