फोटो फिचर

बसन्तपुरमा लाखे नाचको फरक अवतार

अनुज बज्राचार्य |
असोज ६, २०७८ बजे

काठमाडौँ - इन्द्रजात्राको अवसरमा बुधबार पनि बसन्तपुरमा लाखे नाच प्रदर्शन गरिएको छ । नेवारी समूदायले एक हप्तासम्म विभिन्न किसीमले इन्द्रजात्रा मनाउने गर्छन । सोही अनुसार बुधबार पनि लाखे नाच प्रदर्शन गरिएको हो ।


बुधबार फरक किसीमले बसन्तपुरमा लाखे नाच प्रदर्शन गरियो । जहाँ लाखे प्रदर्शन त गरिन्छ नै । लाखे स्वयंमले तयार पारिएको मासु चिउरा छर्ने गर्छन् । जसले त्यो मासु चिउरा समातेर खान्छ । उसलाई भाग्यमानी सम्झिने गरिन्छ । यो नेवारी परम्पराअनुसार चलेको चलन मानिन्छ ।

यसअघि मंगलबार बसन्तपुरमा महिलाहरुलाई इन्द्रजात्राकै अवसरमा जाँड खाएर पर्व मनाएका थिए । लाखे नाच हेर्न बसन्तपुरमा आन्तरिक र बाह्य पर्यटक पनि झुम्मिने गरेका छन् ।

तर यस वर्ष कोभिडका कारण नेपालमा विदेशी पर्यटक छैनन । नेवारी समूदाय र काठमाडौँ बसोबास गर्नेहरु भने नियमित रुपमा इन्द्रजात्रा र लाखे नाच हेर्ने गर्छन । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार